‘लासा’ ज्वरोबाट ७० को मृत्यु, सङ्क्रमित ४७२



०२ फागुन २०७६, काठमाडौं

नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या झण्डै ७० पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ।

ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ।

यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ।

यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ।

यस ज्वरोबाट देशका ३६ मध्येका झण्डै २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्