
०२ फागुन २०७६, काठमाडौं
‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुले अभिनय गरेको ‘रेल गाडी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको
हो ।
गीतको भिडियो विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ ।
‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ ।
सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ । गीतको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका हुन् ।





