कोरोना भाइरसको जोखिम बढाएको भन्दै दिइयो मृत्युदण्ड



२०७६, काठमाडौं

उत्तर कोरियामा क्वारेन्टाइनमा राखिएका एक अधिकारीलाई सार्वजनिक स्थानमा स्नान गरेको निहुँमा मृत्युदण्ड दिइएको छ।

मृत्युदण्ड दिइएका ती अधिकारीलाई चीनको भ्रमण गरेर फर्किए लगत्तै क्वारेन्टाइनमा राखिएको थियो।

दक्षिण कोरियाको डोंग–ए इल्बो अखबारले सार्वजनिक स्नानगृहमा गएर कोरोना भाइरस रोगको जोखिम बढाएको भन्दै ती अधिकारीलाई नियन्त्रणमा लिएर तुरुन्तै गोली हानी मृत्युदण्डको सजाय दिइएको समाचार लेखेको डेलीमेलले जनाएको छ।

यद्यपि उत्तर कोरियाले यसको पुष्टि गरेको छैन। तर यसलाई चीनको सिमानाबाट भाइरस संक्रमण फैलिन नदिन कडा कदम चालेको बताइएको छ।

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस रोगको संक्रमण देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्