कोरोनाबाट मृत्यु हुनेको संख्या १५०० पुग्न आँट्यो, संक्रमितको संख्या ६५ हजार नजिक



०२ फागुन २०७६, काठमाडौं

कोरोना भायरसका कारण चीनमा विहीबार मात्रै ५ हजार ९० जनामा नयाँ संक्रमण देखा परेको छ। सोही दिन कोरोनाबाट १२१ जनाको मृत्यु भएको हो।

यो अघिल्लो दिनको तुलनामा ठ्याक्कै आधा हो। बुधबार मात्रै कोरोनाभाइरसबाट चीनमा २४२ जनाको मृत्यु भएको थियो।

चिनियाँ स्वास्थ्य आयोगले चीनमा कोरोनाभाइरस संक्रमणमा पर्नेको संख्या अहिलेसम्म ६४ हजार ६२९ बताएको छ। यस्तै, कोरोना भाइरसबाट मृत्युहुनेको संख्या १ हजार ४८४ पुगेको छ।

अधिकारीहरुले विहीबार मात्रै १ हजार ५१ जना कोरोनाका विरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बताएका छन्। यससँगै निको हुनेको संख्या ६ हजार ७२३ पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्