विवाहअघि प्रियंका र आयुष्मानले किने नयाँ घर



०१ फागुन २०७६, काठमाडौं

गत महिना अभिनेत्री प्रियंका कार्कीले आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी अहिले भने उनी विवाहको तयारीमा पूरै जुटेकी छिन् ।

 

 

तर, प्रियंकाले भने विवाहको आधिकारिक मिति १५ वा १७ केही खुलाएकी छैनन् । ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ ।

 

 

 

एक अन्रवार्तामा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन् । ‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’

 

 

प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने  गरेको जानकारी दिइन् । उनले अगाडि भनिन् ‘विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुन्नँ ।’

 

प्रतिक्रिया दिनुहोस्