कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा द्वीप प्रज्वलन : यो क्षणले मेरो मुटु छोएको छ-चिनियाँ राजदुत



०१ फागुन २०७६, काठमाडौं

पछिल्लो समय विश्वमा नै त्रास उत्पन्न गराइरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झनामा काठमाडौं द्वीप प्रज्वलन गरिएको छ।

भाइरसबाट सबैभन्दा ठूलो क्षति बेहोरेको र सोसँग जुधिरहेको चीनको नेपालका लागि राजदुत होउ यान्छीको उपस्थिति सो कार्यक्रम गरिएको हो।

राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा कोरोनाभाइरसको संक्रमणबाट ज्याउने गुमाउनेहरूको सम्झना गरिनुका साथै संक्रमणसँग जुधिरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टर नेपालको आयोजनामा भएको यस कार्यक्रममा मन्त्री, पूर्व मन्त्री, कलाकार, पत्रकार, बिद्यार्थी तथा सर्वसाधारणहरूको उपस्थित थिए।

कार्यक्रममा नेपाली समुदायले प्रकट गरेको यस सद्भावले आफ्नो मन छोएको राजदुत होउ यान्छीले बताइन्।

यो क्षणले मुटु छोएको छ। यस क्षणमा चीन एक्लै छैन। यो हामीलाई नेपाली दिदीबहिनी तथा दाजुभाइबाट प्राप्त समर्थन हो। धेरै धन्यवाद।, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्