चीनबाट ल्याइने नेपालीलाई राखिदैछ यसरी



०१ फागुन २०७६, काठमाडौं

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपाकिालमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्वारेन्टाइनमा ६० कोठामा १८६ बेड राखिएका छन् । प्रत्येक बेड एक मिटरको ‘ग्याप’मा राखिएको छ ।

६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने बताइएको छ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ।

चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण नहुने दाबी गर्दै उनले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताए।

चालकदलका सदस्यलाई र प्राविधिकलाई नगरकोटमा राखिने चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको डा. पाण्डेले बताए।

क्वारेन्टाइनमा उपयोग गरिने तालीम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालले बताए।

प्रतिक्रिया दिनुहोस्