१० वर्षदेखी सम्वन्धमा रहेकी प्रेमिकाले धोका दिएपछि हाम फाल्नु अघि प्रेमिले लेखे स्टाटस



२९ माघ २०७६, काठमाडौं

सप्तकोशीमा को३७प ७ नम्बरको बुलेट बाइक रोकेर नदीमा हाम फाल्ने युवक राजेश बानियाँ भएको पाइएको छ।

प्रेममा धोका पाएको भन्दै सुनसरी बराह क्षेत्रका बानियाँले आज सप्तकोसीमा नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार अर्थात आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।

को३७प ७ नम्बरको बुलेट बाइक राजेश बानिया तस्विर उनको फेसबुकबाट लिइएको हो।

कोशीमा हाम फाल्नु अघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन्।

उनले लेखेका छन १० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो।

आशा छ, संसारमा सबैभन्दा धेरै खुशी तिमीले विवाह गर्ने युवकबाट पाउनेछौं। गूड बाइ लुइशा, आशा छ तिमीले मलाई माफ गर्नेछौं’

उनले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो (कालो बुलेट बाइक, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसेन्स ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्