
२९ माघ २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समय देखि विना जानकारी अनुपस्थित रहेका दुई जना कर्मचारीलाई विभागीय कारवाही गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले आँपपिपल अस्पताल गोरखामा पदाधिकारी रहेका ल्याव असिस्टेन्ट (पाचौं) तहका कुमार प्रसाद शर्मा र जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा पदाधिकार रहेको विमला वाग्लेलाई विभागीय कारवाही गरेको हो।
मन्त्रालयले उनीहरुलाई भविस्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ।
कारवाही विवरणमा शर्मा २०६२ कार्तिक १ देखि र वाग्ले २०६३ असोज ६ गते देखि विना जानकारी अनुपस्थित भएको उल्लेख छ।
मन्त्रालयले सोही मितिबाट विभागीय सजाय लागू भएको जनाएको छ।






