
२९ माघ २०७६, काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड – १९’ राखेको छ।
‘कोराना भाइरस’ ‘डिजिज’ ‘२०१९’ भन्ने शव्दबाट केही अक्षर सापटी लिएर यसको नाम राखिएको हो।
कोरोना भाइरसबाट एक हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने दशौं हजार संक्रमणमा परेका छन्।
कोरोनाभाइरसको शव्दले भाइरसको समूहलाई बुझाउँछ। जो अहिले हंगामा मच्चाएको भाइरस मात्रै होइन।
त्यसैले, भाइरसको बर्गिकरण गर्ने अन्तर्राष्ट्रिय समितिले यो भाइरस नै ‘सार्स कोभ २’ हो भनेको छ।
अनुसन्धानकर्ताहरुले पनि कुनै समूह वा देशको भ्रम र कलंक हटाउन आधिकारिक नामको लागि लागि आग्रह गरिरहेका छन्।
नयाँ नाम कोरोना भाइरस डिजिज भन्ने शव्दबाट लिइएको हो। जो २०१९ को अन्त्यमा चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको थियो।





