यी दाजुभाइ जसले १५० भन्दा बढी लाश चिहानबाट निकालेर खाए



२७ माघ २०७६, काठमाडौं

मानिसले मानिसकै मासु खाएका घटनाबारे सुन्दा हाम्रो आङ नै जिरिङ्ग हुन्छ। पाकिस्तानमा यस्तै दाजुभाइ छन्, जसले चिहानबाट निकालेर १५० भन्दा धेरै लाश खाएका छन्।

यी दाजुभाइको नाम मोहम्मद फरमान अली र मोहम्मद आरिफ अली हो। पाकिस्तानको पंजाब प्रान्तको भक्कर जिल्लाका यी दाजुभाइ विवाहित हुन् तर उनीहरुका पत्नी उनीहरुलाई छोडेर गइसकेका छन्।

पत्नीहरुले यी दाजुभाइमाथि कुटपिट र गालीगलौजको आरोप लगाएर छोडेर गएका थिए।

यी दाजुभाइलाई २०११ पहिलो पटक उनीहरुको घर नजिकैको चिहानघाटबाट एक महिलाको शव हराएपश्चात् पक्राउ गरिएको थियो। २४ वर्षमै मृत्यु भएकी ती महिलाको नाम सायरा परवीन थियो र उनको मृत्यु क्यान्सरका कारण भएको थियो।

सायराका परिवारले उनलाई चिहानमा गाडेर घर गएका थिए। भोलिपल्ट आएर हेर्दा चिहान खनिएको थियो र सायराको शव हराएको थियो। त्यसपश्चात् उनीहरुले पुलिसमा उजुरी गरे।

छानबिनका क्रममा पुलिसले सायराको शव हराउनुमा फरमान अली र आरिफ अलीको संलग्नता भएको पायो। त्यसपश्चात् पुलिस उनीहरुको घरमा पुग्दा घरमा एउटा भाँडोमा करीजतै केही चिज पकाएर राखिएको थियो।

पुलिसले घरमा सबैतिर खोजतलास गर्दा घरबाहिर एक बोरामा सायराको लाश भेटियो। लाशका अंग काटिएका थिए।

त्यसपश्चात् पुलिसले दुवै दाजुभाइलाई हिरासतमा लिएर पकाइएको चीज जाँचको लागि पठायो जहाँ त्यो चिज मान्छेको मासु भएको थाहा भयो।

पुलिसले जब यी दाजुभाइसँग सोधपुछ गर्यो त्यसपछि निकै आश्चर्यजनक कुराको खुलासा भयो। दाजुभाइले पुलिसलाई बताएअनुसार उनीहरु चिहानमा भर्खरै गाडिएका लाश निकाल्थे र घर लिएर आउँथे।

त्यसपश्चात् त्यसको करी बनाएर खान्थे। उनीहरुले त्यति बेलासम्म सय भन्दा धेरै लाश खाइसकेको बताएका थिए।

यो कुरा उनीहरुले अप्रिल २०११ मा पक्राउ परेपश्चात् बताएका थिए। त्यसपश्चात् ती दुवै नरभक्षी दाजुभाइलाई अदालतमा पेश गरियो।

तर त्यहाँ एउटा समस्या आयो किनकि पाकिस्तानको कानुनमा यस किसिमका आरोपीलाई के सजाय दिने भन्ने प्रावधान नै थिएन।

स्पष्ट कानुन नभएपश्चात् उनीहरुलाई चिहानलाई क्षति पुर्याएको र अन्य धारामा मुद्दा चलाइयो। अदालतले दुवैलाई २–२ वर्षको जेल सजाय र ५०–५० हजार रुपैयाँ जरिवानाको सजाय सुनायो।

दुवैलाई मियांवाली जेलमा राखियो। यद्यपि उनीहरु जेलमा कम अस्पतालमा धेरै बस्थे किनकि उनीहरुको मानसिक स्वाथ्यको उपचार भइरहेको थियो।

जब उनीहरुको सजाय पूरा भयो त्यपछि मे २०१३ मा उनीहरुलाई जेलबाट रिहा गरियो। त्यसपछि दुवै दाजुभाइ आफ्नो गाउँ पुगे तर त्यहाँका स्थानीयले यी दाजुभाइको रिहाइको विरोध गर्न थाले।

स्थानीयलाई यी दाजुभाइले आफूहरुलाई मार्ने हुन् कि भन्ने डर थियो। अप्रिल २०१४ मा स्थानीयले ती दाजुभाइको घरबाट सडेको मासुको गन्ध आइरहेको भन्दै पुलिसमा उजुरी गरे।

त्यसपछि पुलिसले उनीहरुको घरमा छापा मार्दा उनीहरुको घरको एक कोठामा एक बालकको टाउको भेटियो जसलाई मृत्युपछि चिहानमा गाडिएको थियो।

त्यहाँ एउटा भाँडोमा मान्छेको मासुको करी पनि थियो। यो दृश्य त्यस्तै थियो जस्तो २०११ मा पुलिसले छापा मार्दा देखिएको थियो।

पुलिसले उनीहरु दुवैलाई गिरफ्तार गर्यो र फेरि अदालतमा पेश गरियो। अब अदालतको अगाडि फेरि पनि त्यही समस्या थियो कि यस्ता आरोपीलाई के सजाय दिने? किनकि यस विषयमा कानुनमा कुनै प्रावधान नै थिएन। यो मुद्दालाई पंजाबको सरगोधामा आतंकवाद निरोधक अस्पताललाई सुम्पिइयो।

अदालतले यी दाजुभाइलाई बच्चाको चिहानलाई नोक्सानी पुर्याएको, आतंक फैलाएको र सम्पत्ति क्षति पुर्याएको आरोपमा दोषी ठहर गर्दै १२–१२ वर्षको सजाय सुनायो। अहिले दुवै नरभक्षी दाजुभाइ जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्