चीनबाट ल्याइने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी खटाईदै



२७ माघ २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ।

मन्त्रालयका अनुसार ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार)अभिमुखीकरण तालिमसमेत दिदै छ।

उक्त तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्था आइलागेमा के गर्ने भनेर सिकाइन्छ।

मन्त्रालयका अनुसार तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्