दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा शुरु



२७ माघ २०७६, काठमाडौं

जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ।

पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपश्चात् ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो।

सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ।

विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताए।

फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु. १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ।

कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्