कारोना भाइरसबाट मृत्यु हुनेको संख्या पुग्यो ८१३



२६ माघ २०७६, काठमाडौं

चीनमा दिनप्रतिदिन नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्दा क्रममा रहेको छ।

शुक्रबारमात्रै थप ८९ जनाको मृत्यु भएको छ। अघिल्लो दिन बिहीबार ८६ जनाको मृत्यु भएको थियो।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार यो भाइरसबाट अहिलेसम्म चीनमा ८१३ जनाको ज्यान गएको छ।

चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुगेको छ।

यो सन् २००२ – ००३ मा फैलिएको सार्स रोगबाट विश्वभर भएको मृत्युसंख्या बराबर हो ।

शुक्रबारको तुलनामा शनिबार नयाँ संक्रमण केही घटेको छ। शनिबार २ हजार ६५६ जनामा नयाँ संक्रमण भेटिएको छ । शुक्रबार यो संख्या ३ हजार ३८५ थियो ।

शनिबार पनि धेरै नयाँ संक्रमण र मृत्यु हुनेको संख्या हुवे प्रान्त नै रह्यो।

प्रतिक्रिया दिनुहोस्