अनौठो देशः जहाँ एक वर्षमा २२ जना पुरुष भए सुत्केरी



२४ माघ २०७६, काठमाडौं

हाम्रो लागि महिला गर्भवती हुनु र बच्चा जन्माउनु भनेको कुनै नौलो कुरा होइन।

किनभने, हामीले त्यो दृश्य देखि नै रहेको हुन्छौं। तर पुरुष गर्भवती हुनु र बच्चा जन्माउने कुरा यो चाहिँ हाम्रो लागि निकै नौलो र अनौठो कुरा रहेको छ।

जुन घट्ना अस्ट्रेलियाको हो। जहाँ २२ जना पुरुष सुत्केरी भएका छन्।

अस्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्याङ्क अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती हुनका साथै बच्चा जन्माउन समेत सफल भइसकेका छन्।

अस्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरू समलिंगी पुरुष रहेको पनि बताइएको छ।

तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको सङ्ख्या २ सय २८ रहेको छ।

उक्त देशमा पहिलो पटक सन् २००९ मा पुरुषले बच्चा जन्माएको घटना सार्वजनिक भएको थियो।

त्यस समय अस्ट्रेलियामा कतिपय मानिसहरू पुरुषले बच्चा जन्माउने विषयलाई लिएर विरोधमा समेत उत्रिएका थिए।

जसकारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो। तर अहिले मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन्।

प्राध्यापकका अनुसार समाजले अब लैङ्गिकताको विषयमा आफ्नो सोच बदल्ने बेला आएको छ।

उनी भन्छन्, ‘जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहरूलाई बच्चा जन्माउनमा कुनै समस्या छैन।’

प्रतिक्रिया दिनुहोस्