कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पुग्यो ५६३, सङ्क्रमित २८ हजार



२२ माघ २०७६, काठमाडौं

चीनमा हजारौं व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपश्चात् अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ।

यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ भने यस भाइरसबाट सङ्क्रमित हुनेको व्यक्तिको संख्या २८ हजार पुगेको छ।

गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ।

बिहीबार एशियाली समूद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फेसेका थिए। जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ।

यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ।

यसअघि यसै हप्ताको शुरुमा नै एक हजार शैया भएको अस्पताल बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्