भर्खरै जन्मिएको शिशुमा पनि देखियो कोरोना भाइरस



२२ माघ २०७६, काठमाडौं

चीनको वुहानमा भर्खरै जन्मिएको शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

पहिलोपल्ट कोरोनाको बिरामी भेटिएको वुहानमा जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएको हो।

शिशुको आमा कोरोना सङ्क्रमित भए पनि शिशुमा कसरी सङ्क्रमित सरेको हो भन्ने बारेमा खुलेको छैन।

उनी अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएको बीबीसीले जनाएको छ।

जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको खबरमा उल्लेख छ। ती शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ।

गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएको अनुमान गरिएको छ। तर आमा कोरोना सङ्क्रमि तभएकाले जन्मिएपश्चात् आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ।

प्रतिक्रिया दिनुहोस्