काठमाडौंमा टिप्परको ठक्करबाट दुईको मृत्यु



२२ माघ २०७६, काठमाडौं

काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

बुधबार राती टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्