रूघाज्वरोले २ दिनमा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी



२१ काठमाडौं २०७६, काठमाडौं

बाजुरास्थित स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका–१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो।

बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको पनि मृत्यु भएको हो।

गाउँपालिकामा अन्य भागमा पनि बिरामी रहेको सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए।

हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ। उनका अनुसार, १५÷२० जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्