हाँस्यकलाकार बलेले सार्वजनिक गरे आफ्नो प्रेमिका



२२ माघ २०७६, काठमाडौं

चर्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल (बले)ले पहिलोपटक आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।

उनको प्रेमीका पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्ट बाट बुझ्न सकिन्छ ।

हाँस्यटेलिसिरियल भद्रगोल हुँदै ‘सक्किगोनी’ सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले औधी रुचाउँछन् ।

यतिबेला सागर लम्साल बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागेपनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्