
२१ माघ २०७६, काठमाडौं
उहानमा रहेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन्।
कोरोना भाइरसको संक्रमण फैलिएपश्चात् कोठाभित्र थुनिएर बसिरहेका नेपाली विद्यार्थीका तर्फबाट प्रमिला देवकोटाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई पत्र लेखेकी छिन्।
उनले लेखेको पत्रः
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू।
तपाईँलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाईँ लगायतका नेताहरुले बजाइरको मुरली हेरेर आफैलाई चिथोरीरह्यो।
हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौं। हामी यहा हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौ , हाम्रो घर फर्कने समाचारको आसमा।
त्यो समाचार त पाएनौ तर तपाईँहरुले बाजा बजाइरहको तस्वीर भने पायौ। हामी तपाईँ रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ।
तपार्इँका विगतका काम हेर्दा हामीलाई लाग्दैन् तपाईको मुटु त्यति कठोर छ। तर तपाईँले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईँले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।
हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौँ। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौ।
हामीले यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न।
देश भूगोलमा बस्ने जनताले बनाउँछ। अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ? भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझनुभएको होला। तर तपाईलाईँ नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।
देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन्। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईँहरुले।
हामी यहा सोच्दैछौ कुनै दाता तपाईँकहाँ हामीलाई १४ दिन गिदने प्रस्ताव लिएर किन आइदिएन। त्यो सहरमा हामी अट्ने ठाउ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउने भन्दा बढी समय लगाउनुभयो।
तपाईहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौ हामीले त्या सोचर पनि आफैलाई चिथोर्न मन लाग्छ।
कुन समय आउछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए? हामीलाई पहिलो पटक यस्तै लागेको छ। आश छ, हामी यहा सकुशल हुदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहर आसमा अत्यासिएर बाँच्न नपरोस्।
फाइल तस्वीर





