
२१ माघ २०७६, काठमाडौं
कारोना भाइरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा एक महिला वैज्ञानिक जुटेकी छिन्। स्कटल्याण्डकी वैज्ञानिक डा. केट ब्रोडरिक कोरोना भाइरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको एजेन्सीले जनाएको छ।
द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन्।
ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन्। यसअघि उनी इबोला, जीका जस्ताभयानक रोगविरुद्ध औषधि बनाउन सफल भएकी थिइन्।
अहिले उनी फेरि कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन्। उनले खोप तयार गरिसकेकी छिन्।
मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनी भन्छिन्ः आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भाइरसबाट बच्न खोप बनाउँदैछु।





