
२० माघ २०७६, काठमाडौं
एक महिलाले आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै ति युवतीको यौनाङ्गमा खुर्सानी दलिदिएकी छन्।
यो घट्ना भारतको अहमदाबादको हो। आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै ती महिलाले थप २ महिलाको सहयोग लिएर २२ वर्षीया युवतीको यौनाङ्गमा खुर्सानीको पाउडर दलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
खबर अनुसार ती युवती उजुरी लिएर प्रहरीकहाँ पुगेकी छन्।
ती युवतीले आफू अहमदाबादको नारानपुरा क्षेत्रमा रहेको एउटा कपडा पसलमा काम गर्ने गरेको र गिरीश गोस्वामी नामक व्यक्तिसँग प्रेम सम्बन्ध अगाडि बढेको बताएकी छन्।
ती युवती र पुरुषबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेकोमा पुरुषले सम्बन्ध अन्त्य गरिदिए। युवतीले बताए अनुसार गिरीश गोस्वामीले दुई महिना अघि उनलाई भेट्न बोलाएका थिए।
तर, यो खबर ती पुरुषकी पत्नीले समेत थाहा पाइन्। र, आफ्ना श्रीमानकी प्रेमिकामाथि रिस पोख्न साथीहरुसँग मिलेर अपहरण समेत गरिन्।
एक सुनसान कोठामा लगेर आफ्ना सबै लुगा खोलेको र यौनाङ्गमा खुर्सानीको पाडर भरेको ती युवतीले प्रहरी समक्ष बताएकी छन्।
अहमदाबादका प्रहरी निरीक्षक जेए राठवाका अनुसार यु’वतीको उजुरीमाथि छा’नबिन भइरहेको छ। र, ती पुरुषकी श्रीमतिसहित ३ महिलालाई नियन्त्रणमा लिइएको छ।





