कोरोना भाइरस संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा



२० माघ २०७६, काठमाडौं

चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्म दिएकी छन्।

बिहीबार ज्वरो बढेपश्चात् ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगेकी थिइन्। परीक्षणपश्चात् उनमा कोरोभाइरस रहेको पुष्टि भयो।

त्यसपश्चात् चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन सी सेक्सन विधि गर्ने निर्णय गरे।

अपरेसनपश्चात् तीन किलोको स्वास्थ्य छोरी जन्मिएकी र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले बताए।

शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको छ।

अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्