
२० माघ २०७६, काठमाडौं
कोरोना भाइरसको माहामारी नियन्त्रणलाई सहयोग गर्न चीनले १० दिन अघि निर्माण शुरु गरेको १००० बेडको अस्पताल (आज) सोमबारबाट सञ्चालनमा आउने भएको छ।
हुवोसनशान अस्पताल नाम दिइएको सो अस्पताल सञ्चालनको जिम्मा चिनियाँ जनमुक्ति सेनाले लिएको छ।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै अस्पताल जनवरी २५ देखि निर्माण थालिएको थियो।
वुहानको वर्कर्स सेन्टोरियममा प्रिफ्याव प्रविधिबाट निर्माण भएको अस्पताल निर्माणमा दिन रात सात हजार बढी कामदार परिचालित भएका थिए।











