मास्क हस्तान्तरण गर्दै पूर्व उपप्रधानमन्त्रीले कोईरालाले भनिन् : कोरोना भाईरस नियन्त्रणमा चीनले छिट्टै सफलता पाउनेछ



Corona Virus

१९ माघ २०७६, काठमाडौं

सोसाईटी अफ साईनो नेपाल हिमालय स्टडिज नामको नेपाली संस्थाले कोरोना भाईरस प्रभावित चिनियाँ नागरिकलाई नेपालबाट मास्क पठाउने अभियानको थालनी पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोईराला मार्फत साङ्केतिक रुपमा शुरु गरेको छ ।

कोईरालाले नेपालको विषयमा लेख्ने चिनियाँ लेखक तथा संस्थाका चिनियाँ अध्यक्ष यी लियाङ्लाई मास्क हस्तान्तरण गर्दै दु:खको घडीमा सानो सहयोग गर्दा पनि भावना जोडिने भएकोले आफू अभियानमा जोडिएको बताईन् । मास्क हस्तान्तरण कार्यक्रममा कोईरालाले भनिन्, ‘चिनियाँ राष्ट्रपति सीकै पहलमा चीन सरकारले कोरोना भाईरस प्रभावितहरुको लागि चालेको कदमको प्रशंसा गर्दछु । मलाई आशा र विश्वास छ कोरोना भाईरस नियन्त्रणमा चिनियाँ सरकारले छिट्टै सफलता पाउनेछ ।’

संस्थाका नेपालतर्फका संस्थापक राजन अधिकारीको नेतृत्वमा अहिलेसम्म करिब ५०,००० मास्क चीनका विभिन्न शहरहरुमा पठाई सकिएको छ भने केहि हप्ता भित्रै भारत लगायतका देशहरुबाट आयात गरेर भएपनि ५ लाख थान मास्क चीन पठाउने तयारी गरिरहेको छ ।

झट्ट सुन्दा मान्छेलाई सामान्य लाग्न सक्छ चीन जस्तो सम्पन्न राष्ट्रको लागि मास्क पठाएर के नाटक गर्नु तर त्यसो होईन, भूकम्पको समयमा चिनियाँहरुले गरेको सहयोगको गुण तिर्न हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले अभियानको थालनी गरिएको हो–अधिकारीले परिवर्तनखबरसँगको कुराकानीमा बताए । मास्क हस्तान्तरण गर्दै पूर्व उपप्रधानमन्त्रीले कोईरालाले भनिन्, ‘कोरोना भाईरस नियन्त्रणमा चीनले छिट्टै सफलता पाउनेछ ।’

अधिकारीले आफ्नो अभियान सामूहिक भएकोले ईच्छुक व्यक्ति वा संस्थाले सहकार्य गर्न सक्ने बताउँदै उपलब्ध मास्क यी लियाङ् मार्फत दैनिकजसो चीन पठाई रहेको समेत जानकारी
गराए ।

प्रतिक्रिया दिनुहोस्