बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि यस्तो…



१९ माघ २०७६, काठमाडौं

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतबारे प्रश्न उठाएका छन्।

आइतबार (आज) एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरको राजनीतिक चेतबारे प्रश्न उठाएका हुन्।

उनले विटारनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टरकहाँ जाँदा देखेजस्तो लागेको बताएपछि ट्वीटरमा लेखेका छन्, ‘तपाईं डाक्टर हो? म–हैन। किन सोध्नुभयो? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर।’

त्यसपछि उनले चतरा नजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेखेका छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो। पसले युवती चिच्याइन्–ओहो बाबुराम? म–कसरी चिन्नुभो? उनी–फोटो र टिभीमा देखेर!’

अध्यक्ष भट्टराईले ट्वीटरमा आफूहरु outdated’ भएका त हैनौं ? भनेर प्रश्न समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्