कोरोना भाइरसबाट चीनबाहिर एक जनाको मृत्यु



१९ माघ २०७६, काठमाडौं

नयाँ कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीन बाहिर एक जनाको मृत्यु भएको छ।

फिलिपिन्समा रहेका एक जना चिनियाँ नागरिकको शनिबार मृत्यु भएको साउथ चाइना मोर्निङ पोष्ट विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै जनाएको छ।

मृत्यु हुने ४४ वर्षिय चिनियाँ नागरिक फिलिपिन्समा एक जना ३८ बर्षीया चिनिया महिलाका साथीसँग रहन्थे।

उनी पछिल्लो समय चीनमा गएका थिएनन् तर उनको महिला साथी भने गत २१ जनवरीमा चीनको वुहानबाट हंङकंङ हुँदै फिलिपिन्स पुगेकी थिइन।

उनी फिलिपिन्स पुगेको केही दिनमा ती पुरुषलाई संक्रमण देखा परेको बताइएको छ। फिलिपिन्सका स्वास्थ्य विभागका अधिकारीहरु भन्छन्, ‘संक्रमण भएको केही दिनमै गम्भीर खालको निमोनिया देखापरयो र अन्तत ज्यान गयो।’

डव्लुएचओका फिलिपिन्स प्रतिनिधि रविन्द्र अवेयासिंङ्घेले कोरोनाभाइरसबाट चीन बाहिर भएको पहिलो मृत्यु भएका छन्।

स्थानीय संचारमाध्यमका अनुसार फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले चीन, हंङकङ र मकाउबाट आउने व्यक्तिका लागि अस्थायी रुपमा यात्रा प्रतिवन्ध लगाइएको बताएका छन्।

कोरोनाभाइरसबाट शनिबारसम्म चीनमा मात्रै ३०४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्