कोरोना भाइरसबाट २४३ जना बिरामी संक्रमित निको भए, ७२ डिस्चार्ज



१८ माघ २०७६, काठमाडौं

चीनमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये शुक्रबार सम्ममा २४३ जना बिरामी निको भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

शुक्रबारसम्ममा कुल संक्रमित मध्ये २ सय ४३ जना ठिक भएको र ७२ जना अस्पतालबाट डिस्चार्ज भइसकेको समाचार संस्था सिन्हवाले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अनुसार बिरामीको शरिरको तापक्रम सामान्य अवस्थामा आएपछि र कारोनाका लक्षण हटेसँगै उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

नएचसीका अनुसार संक्रमित व्यक्तिको शरिरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य दायरामा रहेमा र दुई पटकसम्मको न्यूक्लिक एसिड परीक्षणमा नकारात्मक परिणाम देखिएमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ।

पछिल्लो अपडेट अनुसार घातक कोरानाबाट २ सय ५९ जनाको मृत्यु भएको छ। भने १३ हजार मानिसमा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्