
१६ माघ २०७६, काठमाडौं
चीनले दुई दिनमै निर्माण सम्पन्न गरेको अस्पतालमा कोरोना भाइरसको उपचार शुरु भएको छ।
वुहानमा कोरोना भाइरसको प्रकोप फैलिएपश्चात् त्यसको नियन्त्रणका लागि एक हजार शैयाको अस्पताल तयार भएको हो।
६ दिनमा निर्माण सकिने भनिएको अस्पताल दुई दिनमै तयार भएपश्चात् उपचार सुरु गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन।
सो अस्पतालमा मंगलबार रातिदेखि नै कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको हो।
फाइल तस्वीर





