
१६ माघ २०७६, काठमाडौं
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मोबाइलबाट नै ओपिडी सेवाको टिकट काट्न शुरु गरेको छ।
अस्पतालको २४ औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिएको हो।
मोवाइलबाटै टिकट काट्ने व्यवस्थाले अस्पतालमा टिकट काट्नकै लागि हुने भीडभाडको अन्त्य भएको छ भने बिरामीले घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता पनि हटेको छ।
प्रभु पे मोबाइल वालेट मार्फत बिरामी वा आफन्तले घरमा बसेर नै टिकट काट्न सक्नेछन्।
सरकारी अस्पतालमा मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाउने गंगालाल अस्पताल दोस्रो हो। यसअघि सिभिल अस्पतालले मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाइ सकेको छ।
फाइल तस्वीर





