‘कोरोना भाइरस’ त्रास : कक्षाकोठामा पढ्दै-पढाउँदै गर्दा पनि ‘मास्क’[तस्वीरमा हेर्नुस्]



१६ माघ २०७६, काठमाडौं

चीनको वुहान राज्यमा पहिलो पटक देखा परेको ‘नोवेल कोरोना भाइरस’को त्रास नेपालमा पनि बढ्दो छ।

वुहानमा देखिएको उक्त भाइरस अहिले चीनको सबै प्रान्तहरुमा पुगिसकेको समाचारहरु आइरहँदा नेपालमा पनि यसको त्रास निकै बढिसकेको छ।

मातृमूमि स्कूलमा ‘मास्क’को प्रयोग गरी पढाउँदै शिक्षिका, पढ्दै विद्यार्थीहरु।

सरकारले यसलाई ‘त्रास’को रुपमा नलिन र सरकारी पक्षबाट आवश्यक पहल-कदमी भइरहेको बताए पनि आम–नागरिकको हाल भने ठिक उल्टो छ।

कक्षाकोठामा ‘मास्क’को प्रयोग गरेर पढ्दै विद्यार्थीहरु।

यसको एउटा ज्वलन्त उदाहरण हो, भक्तपुरस्थित ‘मातृभूमि स्कूल’। जहाँ, पढ्ने–पढाउने क्रममा समेत विद्यार्थी–शिक्षकहरुले ‘मास्क’को प्रयोग गर्न भुल्दैनन् /छाड्दैनन्।

कक्षाकोठामा ‘मास्क’को प्रयोग गर्दै एक छात्र।

 

प्रतिक्रिया दिनुहोस्