
१६ माघ २०७६, काठमाडौं
अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।
यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताएका छन्।
उनले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए।





