उच्चरक्तचाप बढेमा यसो गर्नुहोस्



-नून र चिल्लो पदार्थको सेवन कम गर्ने।

-धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि।

-मोटोपना घटाउने।

-दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने।

-गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने।

-गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने।

-ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने।

-नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने।

प्रतिक्रिया दिनुहोस्