नेपाल-भारत नाकामा शुरु भयोः कोरोना भाइरसको निगरानी



१५ माघ २०७६, काठमाडौं

नेपालको पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोना भाइरसको निगरानी तथा परामर्श शुरु भएको छ।

आइतबारबाट भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणका लागि छानबिन गर्न शुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको बीबीसीले जनाएको छ।

कोरोनाभाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चार वटा स्क्रिनिङ क्याम्पु खडा गरेको दार्जिलिङका स्वास्थ्य सेवा प्रमुख डा. प्रणय आचार्यले बताए।

नेपालतर्फ भने पूर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ।

प्रतिक्रिया दिनुहोस्