धुर्मुसले भने– ‘६ बर्षदेख पेशा, घर र सानी छोरी छाडेर देशको लागि खटिरहेको छु’



१५ माघ २०७६, काठमाडौँ

सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को मुख्य भूमिका रहेको चलचित्र सेन्टि भाइरस को अफिसियल ट्रेलर रिलिज भएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै धुर्मुसले यो चलचित्र रंगशाला निर्माणको सहयोगको लागि बनाइएको बताए । हुन त लामो समयदेखि धुर्मुस र सुन्तली देशको लागि नै काम गर्दै आएका छन् ।

धुर्मुसले भने, ‘म ६ बर्षदेखि आफ्नो पेशा, घर परिवार, सानी छोरी सबै छाडेर बिहान ४ बजेदेखि बेलुकी ११ बजेसमम देशका लागि खटिरहेको छु । मैले कला क्षेत्रको प्रतिनिधित्व गरेको छु । कैयौ रात सुतेको छैन, कैयौ रात खाएको पनि छैन ।’

उनले रंगशाला नबन्ला किन भन्ने दोधारमा नरहन पनि सबैसँग आग्रह गरे । सितारामले भने–‘रंगशाला ठडिदा हरेक नेपालीको भावना र विचार ठडिन्छ । हामीले एउटै काम गरेको छौ, त्यो हो नेपाल र नेपालीलाई खुशी पार्ने ।’

प्रतिक्रिया दिनुहोस्