मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरा घाइते



१५ माघ २०७६, काठमाडौं

धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान–श्रीमतीको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको धनुषाका प्रहरीले जनाएका छन्।

गणेशमान चारनाथ ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृत्यु भएको र उनका १० वर्षीय छोरा जोनकुमार साह सामान्य घाइते रहेको धनुषा प्रहरीले जनाएको छ।

घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्