आज चर्चित गायक तथा मोडल दुर्गेश थापाको जन्मदिन, शुभकामना दिनेको ओइरो



१५ माघ २०७६, काठमाडौँ

दुर्गेश थापा अहिलेका सर्वाधिक लोकप्रिय गायक तथा मोडल हुन् । पछिल्लो समयमा उनी अभिनीत सबै गीतहरुले बजारमा निकै चर्चा पनि पाइरहेका छन् ।

दुर्गेश अहिले देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् ।

आज उनै गायक दुर्गेश थापाको जन्मदिन रहेको छ । दुर्गेश थापको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

दुर्गेश केही समय अघि आफ्ना गीतका कारण विवादमा समेत आएका थिए ।

हाम्रो तर्फबाट पनि दुर्गेशलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्