१५ महिना पहिले भारतीयसँग विवाह गरेकी नर्स आफ्नै डेराभित्र भेटिइन यस्तो अवस्थामा



१५ माघ २०७६, काडमाडौं

अरुको जीवत बचाउँदै हिड्ने एक नर्सको ज्यान गएको छ। धनगढीमा स्टाफ नर्स मृत फेला परेकी हुन्।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। दाङ घोराहीकी श्रेष्ठले १५ महिना अगाडी मात्रै भारतीय नागरिक बिक्की अग्रवालसंग विवाह गरेकी थिईन्। जानकारी अनुसार अग्रवालले श्रेष्ठसंग दोश्रो विवाह गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित डेरामा श्रेष्ठ मृत अवस्थामा फेला परेकी हुन्। भित्रबाट ढोका बन्द गरेको अवस्थामा श्रेष्ठको लाश भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ। स्थानीयले घटनाको अनुसन्धानको माग गरेका छन्। झुण्डिएको अवस्थामा उनको शव फेला परेपनि उनको खुट्टा भने जमिनमा ठोक्किएका थिए।

प्रतिक्रिया दिनुहोस्