बधाई छ ! पिता बने चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)



१५ माघ २०७६, काठमाडौँ

नेपाली सिने जगतका सर्वाधिक लोकप्रिय कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) बाबु बनेका छन् । विल्सनकी पत्नी सरिना लामाले बुधबार छोरालाई जन्म दिएकी हुन् ।

विल्सनले गत फागुनमा विवाह गरेका थिए । उनले आफूले विवाह गरेको कुरा भने विवाह भएको करिब ६ महिनापछि मात्र सार्वजनिक गरेका थिए ।

यतिबेला विल्सनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । यस्तै कलाकार दयाहाङ राईले पनि सामाजिक सञ्जालमा विल्सनलाई बधाइ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्