५० हजार सवारी साधनमा टाँसिदै धुर्मुस र सुन्तलीको सेन्टि भाइरसको पोष्टर



१५ माघ २०७६, काठमाडौँ

कलाकार मात्र नभएर सामाजिक अभियान्ताको रुपमा पनि परिचित सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत चलचित्र सेन्टि भाइरस यो बर्षको प्रतिक्षित चलचित्र हो । सेन्टि भाइरस फागुन ९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

यस्तै चलचित्र सेन्टि भाइरस को प्रचारको लागि धुर्मुसले ५० हजार सवारी साधनमा फिल्मको पोष्टर टाँस्ने भएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात समेत गरे ।

कार्यक्रममा कलाकार सीतारामले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने घोषणा गरे ।

यसअगाडि उनले फिल्मको आम्दानीको २० प्रतिशत रङ्गशाला निर्माणमा खर्च गर्ने बताएका थिए ।

साथै सितारामले आफूलाई माया गर्ने सम्पूर्ण दर्शकलाई सेन्टि भाइरस हेर्नको लागि आग्रह पनि गरे । सेन्टि भाइरस मा सिताराम र कुञ्जनाका अलवा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्