छोरी बलात्कारको आरोपमा बाबु पक्राउ



१५ माघ २०७६, काठमाडौं

आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी छोरीलाई जबरजस्ती करणी गर्ने ३० वर्षीय बुबालाई प्रहरीले पक्रेको हो। उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

प्रहरीका अनुसार, बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपश्चात् बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन्।

हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्