यी नायिकाले पानीभित्र जन्माइन् छोरी



१४ माघ २०७६, काठमाडौँ

बलिउडकी चर्चित मोडल ब्रुना अब्दुल्लाले पानीभित्र छोरीलाई जन्म दिएकी छिन् । यो कुराको जानकारी खुद ब्रुनाले सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

ब्रुनाले पतिसँगको एउटा फोटो पनि सेयर गरेकी छिन् ।

उनिले लेखेकी छिन्, ‘मैले गर्भवती हुनुभन्दा पहिले नै यो सोचेकी थिएँ कि आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकूँ । म चाहन्थेँ मेरो बच्चा यो दुनियाँमा कुनै औषधिको सहयोगले होइन, प्राकृतिक रुपमा आउन सकोस् । म एउटा शान्त ठाउँ खोजिरहेकी थिएँ ।’

ब्रुनालाई यतिबेला सामाजिक सञ्जालमा बधाइ दिनेको ओइरो नै लागेको छ । कत्तिले भने पानीभित्र छोरी जन्माएको कुरालाइ पत्याइरहेका पनि छैनन् ।

प्रतिक्रिया दिनुहोस्