गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा



१४ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतमाथि प्रहरी रमिता श्रेष्ठले विमानस्थलमा चेकजाँचको क्रममाा आस्थाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनीमाथि उजुरी दिएकी थिइन् ।

सोही उजुरी परेका कारण आस्था सोमबार बिहान आफ्ना अभिभावकसँग टेकु प्रहरी कार्यालय पुगेकी थिइन् । हिजैदेखि गायिका राउतलाई कानूनी प्रक्रिया पुर्याएर धरौटीमा रिहा गर्ने कुरा भएको थियो ।

गायिका आस्था राउत आज ४ हजार धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्