यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिलाहरु…



१४ माघ २०७६, काठमाडौँ

लण्डनमा रहेको एड्भान्स्ड फेसियल कस्मेटिक एण्ड प्लास्टिक सर्जरीकी प्रबन्ध निर्देशक जुलियन डिसिल्भाले महिलाको सुन्दरता मापन गर्ने तरिका पत्ता लगाएको छिन् ।

हामी गिनिज बुकमा विभिन्न कुरामा रेकर्ड राख्ने गर्छौ । विश्वका हरेक कुराको मूल्यांकन गर्ने गर्छौ । तर अहिलेसम्म विश्वका १० सुन्दरी भनेर कसैको पनि नाम घोषित गरिएको थिएन ।

कम्प्युटरमा आधारित रहेर अनुहारको नक्सांकनको माध्यमले सबैभन्दा उत्तर अनुहारको अनुपातबारे पत्ता लगाउन सकिन्छ । जसबाट सुन्दरताको मापन गर्न सकिन्छ । जुलियनले यसलाई ‘गोल्डेन रेसियो स्कोर्स’ नाम दिएकी छिन् । यसले अनुहारको अनुपातको आधारमा सबैभन्दा सुन्दर महिलाबारे बताउँछ । यसको आधारमा जुलियनले विश्वका सबैभन्दा सुन्दर १० महिलाको सूची पनि तयार पारेकी छिन् ।

१०) कारा डेलेभिंग :

विश्वकी सबैभन्दा सुन्दर महिलाको सुचीको दशौँ स्थानमा बेलायतकी मोडल तथा गायिका कारा डेलेभिंग पर्न सफल भएकी छिन् । जुलियनको गोल्डेन रेसियो स्कोर्समा उनको स्कोर ८९.०० प्रतिशत छ ।

९) केटी पेरी :

अमेरिकाकी सर्वाधिक चर्चित गायिका जो अमेरिकामा मात्र नभएर विश्वभर नै प्रचिरित छिन् केटी पेरी, उनी विश्वकी सुन्दर महिलाको ९ औँ स्थानमा पर्न सफल भएकी छिन् । जुलियनको गोल्डेन रेसियो स्कोर्समा उनले ९०.०८ प्रतिशत स्कोर्स पाएकी छिन् ।

८) नताली पोर्टम्यान :

अमेरिका र इजरायलको नागरिकता प्राप्त गरेकी अमेरिकी अभिनेत्री नताली पोर्टम्यान यो सूचीको आठौं स्थानमा छिन् । उनको स्कोर ९०.५१ प्रतिशत छ ।

७) स्कार्लेट जोन्सन :

हलिउडकी चर्चित नायिका जसले एभेन्जर र लुसी जस्ता सफल चलचित्रमा काम गरिसकेकी छिन्, स्कार्लेट जोन्सन । उनी यो सुचीको ७ औँ स्थानमा छिन् । उनको स्कोर ९०.९१ प्रतिशत छ ।

६) केट मस :

बेलायतकी सफल मोडल तथा बिजनेश गल केट मस विश्वकी सुन्दर महिलाको छैठौँ स्थानमा छिन् । उनले ९१.०५ प्रतिशत स्कोर प्राप्त गरेकी छिन् ।

५) टेलर स्विफ्ट :

अमेरिकी प्रसिद्ध गायिका टेलर स्विफ्ट सुन्दरताको हिसाबमा धेरै अगाडि पुग्दै पाँचौं स्थानमा छिन् । उनको स्कोर ९१.६४ प्रतिशत छ ।

४) एरियाना ग्राण्डे :

विश्व चर्चित गायिका एरियाना ग्राण्डे यो सुचीको चौथौँ स्थानमा छिन् । उनको सुन्दरता देखेर जो कोही पनि मोहित हुने गरेका छन् । उनको स्कोर ९१.८१ प्रतिशत रहेको छ ।

३) एम्बर हर्ड :

अमेरिकाकै मोडल तथा अभिनेत्री एम्बर हर्डले गोल्डेन रेसियोका ९१.८५ प्रतिशत स्कोर गर्दै सूचीको तेस्रो स्थान हासिल गरेकी छिन् ।

२) बियोन्से :

दोस्रो स्थानमा अमेरिकी गायिका बियोन्से छिन् । उनको स्कोर ९२.४४ प्रतिशत छ ।

१) बेला हदीद :

सूचीको पहिलो स्थानमा अमेरिकी मोडल बेला हदीद छिन् । संसारकै सबैभन्दा सुन्दर मानिएकी उनको स्कोर ९४.३५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्