आस्थालाई भेटेपछि रेखाले भनिन् : ‘आस्थाको आत्मविश्वासमा कमी आएको छैन’



१४ माघ २०७६, काठमाडौँ

सोमबार गायिका आस्था राउत आफ्ना आमाबुबाका साथ टेकु प्रहरी कार्यालयमा पुगेकी थिइन् । सोही समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।

नायिका रेखा थापा आस्थालाई भेट्न अस्पताल नै पुगेकी थिइन् । आस्थालाई भेटेपछि रेखाले निकै खुसी लागेको बताएकी छिन् । यतिबेला आस्था कानूनी झमेलामा फसेकी छिन् ।

यस्तै रेखाले आस्थाले आफ्नो गल्ती स्वीकार गरेको पनि बताइन् । रेखासँगको भेटमा आस्थाले आफूबाट गल्ती भएको र यो गल्तीबाट पाठ सिकेको बताएकी थिइन् । आस्थाको भनाई उदृत गर्दै रेखाले भनिन्–‘उनले मसँगको भेटमा आवेगमा आएर बोल्दा गल्ती भएको बताइन् । एकदमै चित्त दुखेकाले आवेगमा आएर बोल्दा गल्ती भएको आस्थाले स्विकार गरेकी छिन् ।’

आस्थालाई भेटेपछि रेखाले भनिन्–‘आस्था अझै डराएकी छैनन् । गल्ती भएको कुरालाई स्विकारेर माफी पनि मागिसक्दा कानुनी कुराबाट भएको निर्णयलाई स्विकार्ने पक्षमा आस्था देखिएकी छिन् ।’

प्रतिक्रिया दिनुहोस्