नेकपाका प्रभावशाली केन्द्रिय सदस्य आनन्द पोखरेलद्वारा आस्था राउतलाई आजै हिरासत मुक्त गर्न माग



१४ माघ २०७६, काठमाडौँ

पूर्वमन्त्री तथा नेकपाका प्रभावशाली केन्द्रिय सदस्य आनन्द प्रसाद पोखरेलले गायिका आस्था राउतलाई आवश्यक प्रक्रिया पुर्‍याई आजै हिरासत मुक्त गराउन माग गरेका छन् ।

केहीदिन अघि विमानस्थलमा गायिका राउतको चेकजाँच गर्न बसेकी प्रहरीसँग झगडा भएको थियो । गायिका राउतले फेसबुकमा लाइभ आउँदै प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै तथानाम गाली गरेपछि यो घटनाले उग्र रुप लिएको थियो ।

यसै सन्दर्भमा आस्थाको चेकजाँच गरेकी प्रहरी रमिता श्रेष्ठले आस्थाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनीमाथि उजुरी दिएकी थिइन् । हाल गायिका राउत प्रहरी हिरासतमा छिन् । यसैबिच नेकपाका केन्द्रिय सदस्य आनन्द पोखरेलले पनि फेसबुकमा स्टाटस लेखी आस्थालाई आजै रिहाई गर्न अनुरोध गरेका छन् ।

आनन्दको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्