‘फिल्म नखेल्दा मिडियाले प्रेसर दियो’ भन्दै बर्षा राउतले पोखिन् गुनासो



१४ माघ २०७६, काठमाडौँ

बर्षा राउत पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र जात्रै जात्रा प्रदर्शनमा आएको थियो । जात्रै जात्रा पछि उनले कुनै चलचित्र साइन गरेकी थिइनन् ।

करिब ८ महिनापछि नायिका राउतले चलचित्र २ नम्बरी साइन गरेकी छिन् । चलचित्रमा उनीसँगै डेब्यु गरेका नायक पल शाह र दयाहाङ राई पनि देखिदैँ छन् ।

यस्तै बर्षाले चलचित्र २ नम्बरी को औपचारिक कार्यक्रममा लामो समयसम्म चलचित्र साइन नगर्दा मिडियाले प्रेसर दिएको भन्दै गुनासो पोखेकी छिन् ।

वर्षाले भनिन्–‘राम्रो चलचित्रको अफर कुरेर केही समय काम नगर्दा मिडियाको समाचारको प्रेसर पर्छ । मिडियाले किन चलचित्र साइन नगर्नुभएको, अफर आएन हो भन्ने जस्ता प्रश्न गर्दा दबाब पर्ने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्