‘चपली हाईट ३’ को गीतमा बोल्ड देखिए स्वस्तिमा र सुपुष्पा



१४ माघ २०७६, काठमाडौँ

चैत्र २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको चलचित्र चपली हाईट ३ यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो ।

यसका २ सिरिजलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै तेस्रो सिरिजलाई पनि उत्कृष्ट बनाउन निर्देशक भरपुर प्रयास गरेका छन् ।

फिल्म ‘चपली हाइट ३’ को ‘चारानाको मसला’ बोलको गीतको छायांकन गरिएको छ । योसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ ।

गीत छायांकनका केही तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न सकिन्छ । यो गीत चाँडै सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए ।

 

प्रतिक्रिया दिनुहोस्