‘पलसँग काम गर्न निकै उत्साहित छु’ : दयाहाङ राई



१४ माघ २०७६, काठमाडौँ

निर्देशक दिपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र २ नम्बरी को घोषणा गरेका छन् । चलचित्रमा पहिलो पटक अभिनेता दयाहाङ राई र पल शाह एकसाथ देखिने भएका छन् भने पल र दयालाई नायिका बर्षा राउतले साथ दिनेछिन् ।

चलचित्र २ नम्बरी मा पल र दयाहाङ साथीको भूमिकामा देखिने भएका छन् । दयाहाङले आफू पलसँग काम गर्न पहिलेदेखि नै लालयित रहेको बताए । उनले पललाई एक क्रियटिभ एक्टर भन्दै उनको प्रशंसा पनि गर्न भ्याए ।

यस्तै पलले पनि दयासँग स्क्रिन सेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन् । यसअर्थमा पल र दया दुुवै एकअर्कासँग काम गर्न निकै उत्साहित छन् ।

चलचित्र २ नम्बरी माघको अन्तिम साताबाट फ्लोरमा जानेछ । चलचित्रलाई २०७७ सालको जनै पूर्णिमाको अवसरमा रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्